२० अंकले बढ्यो नेप्से, परिसूचक १८५० बिन्दुमा

हिमाल प्रेस ६ मंसिर २०८० १५:१९ | Wednesday, November 22, 2023
२० अंकले बढ्यो नेप्से, परिसूचक १८५० बिन्दुमा

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक २०.६७ अंकले बढेको छ। १८३० बिन्दुबाट खुलेको बजार सामान्य उतारचढाव हुँदै १८५०.३३ बिन्दुमा उक्लिएको हो। बुधबार १९५ कम्पनीको सेयर मूल्य बढेको छ। ४० कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीसहित ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबार रकमका हिसाबले आज सोनापुर सिनिरल्स एण्ड ओयल कम्पनी शीर्ष स्थानमा रह्यो। यसको १० करोड ७६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। बुधबार सोनापुरको प्रतिकित्ता सेयर मूल्य २८३ रुपैयाँ कायम भएको छ।

बुधबार होटल तथा पर्यटन उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ। त्यस्तै जलविद्युत उपसमूहको २.३६, फाइनान्स १.३१, उत्पादन १.८४ प्रतिशतले बढ्यो। आज सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: ६ मंसिर २०८० १५:१९ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast