कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्।
मंगलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए।
‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो’, प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए(नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ।’
‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।