अर्थतन्त्रलाई गति दिन सिंहदरबारमा छलफल

हिमाल प्रेस ५ मंसिर २०८० १६:१२ | Tuesday, November 21, 2023
अर्थतन्त्रलाई गति दिन सिंहदरबारमा छलफल

काठमाडौँ- अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन्। सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रूपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारीलगायतका सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए। आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद्, अर्थक्षेत्रका सरोकारवालासहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलबारको यो बैठक सिंहदरबारमा बोलाएका हुन्। देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थिति राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको उनको भनाइ छ। अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे विमर्श गर्न प्रधानमन्त्रीले यस किसिमको छलफलको आयोजना गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कार्यभार सम्हालेपछि देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको सरकारको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०८० १६:१२ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast