काठमाडौँ- विवाहको उपयुक्त महिनाको रूपमा मंसिरलाई लिने गरिन्छ। विशेषतः यही महिना लक्षित संगीतकारहरुले नयाँ पञ्चेबाजा गीत सार्वजनिक गर्ने गर्दछन्।
यसैबीच ‘बेग्लै घरको बेग्लै कुल थरको’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ। गीतमा बिष्णु सिंजाली मगर र लक्ष्मी खड्काले स्वर दिएका छन्।
नेत्र अर्यालको शब्द र संगीत रहेको गीतमा महेन्द्र भण्डारीको संगीत संयोजन छ। खडक बाजुरालीले मिक्सिङ गरेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।
मुकु सुवेदीले निर्देशन गरेको गीतको भिडियोमा मुकुसहित साहिर केसी, कुसुम ठकुरी र काजल गोतामेको अभिनय छ। गीतको भिडियो गायक मगरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतकाे भिडियाे
प्रकाशित: ३ मंसिर २०८० १३:०१ | Sunday, November 19, 2023
प्रतिक्रिया





