पोस्टरमा ‘रङ्गेली’

हिमाल प्रेस १ मंसिर २०८० १३:३२ | Friday, November 17, 2023
पोस्टरमा ‘रङ्गेली’

काठमाडौँ- फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा दयाहाङ राई विजयको भूमिकामा देखिएका छन्।

 मोरङको रङ्गेलीलाई केन्द्र बनाएर फिल्म सुशन प्रजापतिले छायांकन गरेका छन्।  फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्।

फागुन २५ गते महाशिवरात्रिको दिन प्रदर्शन हुनेछ। फिल्ममा अभिनेता राईसहित मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी, रविन बोगटीलगायतको अभिनय छ।

संसार चौलागाईं र रमेश भट्टराईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् भने सह–निर्मातामा युवक कार्की र शिव शंकर चौलागाईं छन्।

फिल्म प्लानेट थ्री फिल्म्स् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बनेको छ। अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित रेड कार्पेट प्रिमियर हुने फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायत विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

प्रकाशित: १ मंसिर २०८० १३:३२ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast