तिहारको टीको दिन कस्तो रहला मौसम ?

हिमाल प्रेस २९ कार्तिक २०८० ६:४९
तिहारको टीको दिन कस्तो रहला मौसम ?

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

प्रकाशित: २९ कार्तिक २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast