फूल बेच्न टोलटोलमा किसान

हिमाल प्रेस २८ कार्तिक २०८० १४:३६ | Tuesday, November 14, 2023
फूल बेच्न टोलटोलमा किसान फाइल तस्बिर

गल्याङ- स्यांजाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ। उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रूपमा फूलखेती गर्ने बढेका छन्। तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोलटोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन्।

स्याङ्जाको गल्याङ नगरपालिका–३ छर्तिमा मौलाकालिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक सयपत्रीको फूलखेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ले बेमौसमी रूपमा उत्पादन भएका फूलहरू फार्मबाटै बिक्री गर्छन्।

तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गरेका छन्। रानाले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसलपसलमा फूल लगेर बिक्री गर्ने गरेको बताए। रासस

प्रकाशित: २८ कार्तिक २०८० १४:३६ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast