सेमिफाइनल नपुगेपछि पाकिस्तानी बलिङ कोचको जागिर गयो

हिमाल प्रेस २७ कार्तिक २०८० १८:१२ | Monday, November 13, 2023
सेमिफाइनल नपुगेपछि पाकिस्तानी बलिङ कोचको जागिर गयो

काठमाडौँ- पाकिस्तानी क्रिकेट टिम विश्वकपबाट बाहिरिएपछि बलिङ कोच मोर्ने मोर्केलले राजीनामा दिएका छन्।

क्रिकेट विश्वकप २०२३ मा पाकिस्तानी टिमको सेमिफाइनल पुग्ने अपेक्षा गरिएको थियो। तर पाकिस्तान लिग चरणबाटै बाहिरिएर टिम पाकिस्तान फर्केपछि बलिङ कोच मोर्केलले राजीनामा दिएका हुन्।

दक्षिण अफ्रिकाका पूर्व फास्ट बलरसमेत रहेका मोर्केल गत जुनमा ६ महिनाको सम्झौता गरी पाकिस्तानी टिमको बलिङ कोच बनेका थिए। मोर्केलको बलिङ कोचमा पहिलोपटक श्रीलंकामा घरेलु टिमसँग दुई खेलको टेस्ट शृंखला खेलिएको थियो।

पाकिस्तान क्रिकेट बोर्डले मोर्केलको ठाउँमा अर्को कोच चाँडै नियुक्त गर्ने बताएको। पाकिस्तानले आगामी डिसेम्बर १४ देखि अष्ट्रेलियामा घरेलु टिमसँग ३ खेलको टेस्ट शृंखला खेल्ने तालिका छ।

प्रकाशित: २७ कार्तिक २०८० १८:१२ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast