काठमाडौँ- कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।
नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।
प्रकाशित: ६ मंसिर २०८३ ७:४२ | Sunday, November 22, 2026
प्रतिक्रिया



