हेर्नुस् तरकारीको मूल्य

हिमाल प्रेस २४ कार्तिक २०८३ ९:१० | Tuesday, November 10, 2026
6
SHARES
हेर्नुस् तरकारीको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज च्याउसहितका केही तरकारीको भाउ बढ्दा काउली, बन्दा, ब्रोकाउली र भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छ।

कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ८४, लोकल बन्दा २६, स्थानीय काउली ३२, हाइब्रिड मुला २८, लाम्चो भन्टा ३०, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तने बोडी ८३, मकै बोडी ४५, लौका ४५, लोकल परबल ६०, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ७६, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ १७३, डल्ले च्याउ ५६६, कुरिलो ७५०, ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो छ।

यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।

कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ८६, लोकल बन्दा ३०, स्थानीय काउली ३४, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३३, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तने बोडी ८३, मकै बोडी ४५, लौका ४५, स्कुस २५, लोकल परबल ६१, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ८३, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ ११७, डल्ले च्याउ ४२५, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २४ कार्तिक २०८३ ९:१० | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast