काठमाडौँ- रास्वपा मकवानपुरका उपसभापति टाकाराज ‘सुरेश’ थापा नियुक्तिको ६ महिना नपुग्दै पदमुक्त भएका छन्। जिल्ला समितिले कारबाहीको सिफारिस गरेपछि बागमती प्रदेश समितिले सर्वसम्मत निर्णय गर्दै उनलाई उपसभापति पदबाट हटाएको हो।
रास्वपाका बागमती प्रदेश सदस्य राजु सुनारले सार्वजनिक गरेको निर्णयपत्रअनुसार प्रदेश समितिको पूर्ण बैठकले जिल्ला समिति र प्रदेशको छानबिन समिति दुवैका प्रतिवेदनमाथि छलफल गरेको थियो।
प्रकाशित: ११ मंसिर २०८३ ८:०५ | Friday, November 27, 2026
प्रतिक्रिया



