दस वर्षअघि घरबाटै हराएका एक बालकलाई जब अभिभावकले पाए…

हिमाल प्रेस १९ असोज २०८३ ८:१८ | Monday, October 5, 2026
दस वर्षअघि घरबाटै हराएका एक बालकलाई जब अभिभावकले पाए…

काठमाडौँ- दस वर्षअघि घरबाटै हराएका एक बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा बुझाएको छ ।

सप्तरीको अग्नीसाइर कृष्ण सवरण गाउँपालिका वडा नं. ६ बस्ने ऋषिदेव सदाका छोरा १६ वर्षीय शिव कुमार सदालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो। छ वर्षको उमेरमा घरबाटै हराएर बेपत्ता भएका शिवकुमार भारतको नयाँ दिल्लीमा रहेको भन्ने जानकारी आएपछि खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा नयाँ दिल्लीस्थित ‘किड इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरी बालकको खोजतलास गरिएको थियो।

संस्थाले फेला पारेपछि त्यसका निर्देशक नविन जोसीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरेका थिए । संस्थाले असोज १८ गते बालकलाई जिल्ला प्रहरी कार्यालय ल्याएर बुझाएको हो।

प्रहरीले सोही दिन राति अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ६ का जनप्रतिनिधिको रोहवरमा बालकलाई उनका अभिभावकको जिम्मा लगाएको छ।

 

प्रकाशित: १९ असोज २०८३ ८:१८ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast