अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल अभिलेखलाई मान्यता दिने

हिमाल प्रेस ३१ भदौ २०८३ १७:१२ | Wednesday, September 16, 2026
अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल अभिलेखलाई मान्यता दिने

काठमाडौँ- अध्यागमन विभागले मोवाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोवाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो।

विदेशी पर्यटकले होटलमा चेक–इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट÷भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

नेपाल आएका विदेशी नागरिकहरूले विभागको मोबाइल एपमा लगइन गरेर राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरमा जोडिने उनले बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्कहरू राखेर यो एप डाउनलोड तथा प्रयोगबारे विदेशी नागरिकहरूलाई सहजीकरण गर्ने तयारी भइरहेको जानकारी दिए।

महानिर्देशक तिवारीले विपद्को समयमा करिब एक हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगहरूले खोजी गर्न आग्रह गरेको बताए। तर अध्यागमनको प्रणालीमा ‘इन÷आउट’ भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भइ होटलमा बसेका बाहेक सबैको यकिन अवस्था तत्काल पत्ता लगाउन कठिनाइ भएको उनले बताए।

विभागको मोवाइल एपमा जोडिएपछि विपद् वा संकटका बेला को कहाँ छ भनेर तत्काल ‘ट्रेस’ गर्न र उद्धार गर्न सहज हुने महानिर्देशक तिवारीले उल्लेख गरे।

प्रकाशित: ३१ भदौ २०८३ १७:१२ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast