अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो डिजिटल टाइम कार्ड

हिमाल प्रेस ७ जेठ २०८३ १७:०६ | Thursday, May 21, 2026
10
SHARES
अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो डिजिटल टाइम कार्ड

काठमाडौँ- अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ।

बिहीबार विभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो।

डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगायतका फाइदा सेवाग्राहीलाई हुने विभागले जनाएको छ।

त्यस्तै कार्यालयतर्फ विभागमा जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्यांक–आधारित कार्यसम्पादन मूल्यांकनका लागि आधार तयार हुने सेवा प्रवाहमा गती र दक्षता बृद्धिका साथै नागरिक विश्वास र पारदर्शीताको प्रवद्र्धन हुने विश्वास रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। उनले विभागको कार्यलाई छिटो छरितो बनाउन सबै कामलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको बताए।

टिकट र भिसा भएका व्यक्तिलाई बिमानस्थलबाट फर्काइने आफ्नै पैसामा पठाउने व्यवस्था समेत आफूले गरेको उनले बताए। सरकारको शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको बुँदा नंवर २३ मा सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउने योजना अनुसार विभागले काम गरिरहेको महानिर्देशक तिवारीले बताए।

प्रकाशित: ७ जेठ २०८३ १७:०६ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast