काठमाडौँ- देशभरका नदी प्रवाहबारे नेपाल बाढी सूचनाले केहीबेरअघि जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गको सूचनालाई जानकारी दिँदै बाढी सूचनाले आज रसुवा र नुवाकोटमा खोलाको जोखिम रहेको बताएको छ। त्यहाँका नदीले जल प्रवाह बढ्ने र जोखिम रहने सूचनामा उल्लेख छ। आज बढ्नेमध्येका भोटेकाशी र त्रिशुली नदीमा जल प्रवाह तल रहे पनि सतर्कता अपनाउनुपर्ने छ।
आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ्ग, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा ससाना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को उच्च सम्भावना छ।



