सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको आठौँ बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदनउपर छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायत अन्य सदस्यहरु। तस्बिर : रासस
काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी उपसमितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले प्रतिवेदन स्वीकृत गर्दै आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको हो।
समिति सभापति हरि ढकालले प्रतिवेदनलाई अन्तिम रूप दिन सचिवलाई निर्देशन दिइसकेका छन्।
विधेयकको अध्ययन तथा परिमार्जनका लागि समितिले २०८३ भदौ ४ गते उपसमिति गठन गरेको थियो।
सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ अनुसार भदौ २२ गतेदेखि लागू हुने गरी उपसमिति सदस्य दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई जिम्मेवारी दिइएको थियो।
उपसमितिले तयार पारेको प्रतिवेदनलाई समितिका सम्पूर्ण सदस्यहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका हुन्।
प्रकाशित: १ असोज २०८३ १४:५७ | Thursday, September 17, 2026
प्रतिक्रिया


