भुकाह खोलामा पहिरो खसेपछि कर्णाली सडकखण्ड बन्द

हिमाल प्रेस २० भदौ २०८३ ११:५७ | Saturday, September 5, 2026
भुकाह खोलामा पहिरो खसेपछि कर्णाली सडकखण्ड बन्द प्रतिनिधिमूलक तस्बिर।

बाजुरा- पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका ७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ। कर्णाली करिडोरअन्तर्गत बाधुमा आएको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको उनले बताए ।

सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन् ।

अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताए । लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित: २० भदौ २०८३ ११:५७ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast