बाढीको विनाश : पालुङटारमा सामूहिक श्रद्धाञ्जली

हिमाल प्रेस २२ भदौ २०८३ १४:३६ | Monday, September 7, 2026
बाढीको विनाश : पालुङटारमा सामूहिक श्रद्धाञ्जली

गोरखा- पालुङटार नगरपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नगरका ३३ जना नागरिकको सम्झनामा सोमबार १३औँ दिनको पुण्यतिथिका अवसरमा सामूहिक श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

रसुवाको गोसाइँकुण्ड तीर्थयात्रा जाने क्रममा बाढीमा परी मृत्यु भएका नगरवासीप्रति गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।

श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा–२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, विभिन्न राजनीतिक दलका नेता, सुरक्षाकर्मी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा गोसाइँकुण्ड तीर्थयात्रामा गएका पालुङटारका ३३ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: २२ भदौ २०८३ १४:३६ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast