पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान

हिमाल प्रेस २१ भदौ २०८३ १४:०५ | Sunday, September 6, 2026
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान

धादिङ- बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्‍याउन बाध्य भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन्। वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन्।

भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो। पहिरोग्रस्त क्षेत्रमा खसेका ढुङ्गा र लेदो माटोको प्रवाहका बीच कृषि सामग्री ढुवानी गर्दा कृषकहरूले ठूलो सास्ती खेप्नु परेको छ। उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नसके लगानी डुब्ने डरले उनीहरू यसरी जोखिमपूर्ण रूपमा बजारतिर आउन विवश भएका हुन्।

अवरुद्ध र जोखिमयुक्त बाटोका कारण बजारीकरणमा समस्या उत्पन्न हुँदा स्थानीय किसानको आयआर्जनमा समेत गम्भीर असर पुगेको छ। गत भदौ १० गतेको त्रिशूली नदीको बाढीका कारण कृष्णभीर, परेवाभीर लगायतका नदी तटिय क्षेत्रको सडक अवरुद्ध छ।

प्रकाशित: २१ भदौ २०८३ १४:०५ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast