देउराली आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा २६ हजार ५७५ रुपैयाँ सहयोग

हिमाल प्रेस १७ भदौ २०८३ १४:४० | Wednesday, September 2, 2026
देउराली आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा २६ हजार ५७५ रुपैयाँ सहयोग

लमजुङ- लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेस्थित देउराली आमा समूहले भोटेकोशी-त्रिशूलीको भीषण बाढीबाट प्रभावित जिल्लाका पीडितलाई सहयोगस्वरूप प्रधानमन्त्री राहत कोषमा २६ हजार ५७५ रुपैयाँ जम्मा गरेको छ।

समूहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका विपद्पीडितलाई राहत पुग्ने विश्वासका साथ उक्त रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा बुझाएको जनाएको छ।

समूहकी सचिव नानुमाया पराजुलीले सबैको सानो-सानो सहयोगले विपत्तिमा परेकाहरूलाई ठूलो राहत मिल्न सक्ने विश्वासका साथ सहयोग गरिएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

प्रकाशित: १७ भदौ २०८३ १४:४० | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast