नाबालक छोरा‍ लिएर मेची-महाकाली साइकल यात्रामा किन लागे साइमन?

हिमाल प्रेस २३ साउन २०८३ ११:२० | Saturday, August 8, 2026
10
SHARES
नाबालक छोरा‍ लिएर मेची-महाकाली साइकल यात्रामा किन लागे साइमन?

हेटौँडा- पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेचीऔमहाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन् ।

यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।

हेटौँडा आइपुगेका उनीहरूलाई आज हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरेका छन् ।

आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची-महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए । छोरा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै छन् । साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने उनले बताए।

प्रकाशित: २३ साउन २०८३ ११:२० | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast