विद्यालयबाट फर्केका ४ बालिका बेपत्ता अपडेट : एकको सकुशल उद्धार गर्दा एक मृत फेला, बेपत्ता २ मध्ये एक अझै सम्पर्कविहीन

हिमाल प्रेस ३ भदौ २०८३ १०:३९ | Wednesday, August 19, 2026
12
SHARES
विद्यालयबाट फर्केका ४ बालिका बेपत्ता अपडेट : एकको सकुशल उद्धार गर्दा एक मृत फेला, बेपत्ता २ मध्ये एक अझै सम्पर्कविहीन

हेटौँडा- हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ। निर्मल माविबाट पढेर फर्किने क्रममा मंगलबार अपराह्न ४ बालिकालाई सो खोलाले बगाएको थियो। उनीहरूमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने एकजना मृत फेला परेकी थिइन्। दुईजना बेपत्ता थिए।

बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्। उनको खोजी जारी छ। खोलाले बगाएका चार विद्यार्थीमध्ये मंगलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृत फेला परेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् । रासस

प्रकाशित: ३ भदौ २०८३ १०:३९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast