पहिचान हुन नसकेका शव गाडेर व्यवस्थापन गरिने

हिमाल प्रेस १३ भदौ २०८३ १५:२७ | Saturday, August 29, 2026
पहिचान हुन नसकेका शव गाडेर व्यवस्थापन गरिने

काठमाडौँ- भोटेकोशीमा आएको बाढीपछि नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ।

शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

शवहरूको फोटो र डीएनएको नमुना लिएर मात्र व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापनका लागि भरतपुर १ स्थित रामनगर देवघाट सडकको बीच जंगल क्षेत्रलाई शव व्यवस्थापन गर्ने स्थलको रूपमा चयन गरिएको छ।

जंगल क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक कार्य समेत सुरु गरिएको छ। चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएका छन् भने २२५ शव अझै पहिचान हुन सकेका छैनन्।

शव÷शवका अवशेष सड्ने–गल्ने अवस्थामा पुगेकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १३ भदौ २०८३ १५:२७ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast