विराटनगरमा बजार बन्द गराउँदै उच्छृङ्खल गतिविधि गर्ने दुई पक्राउ

हिमाल प्रेस १६ साउन २०८३ ९:०३ | Saturday, August 1, 2026
12
SHARES
विराटनगरमा बजार बन्द गराउँदै उच्छृङ्खल गतिविधि गर्ने दुई पक्राउ प्रतिनिधिमूलक तस्बिर।

विराटनगर- मोरङको विराटनगरमा साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले गत साउन १४ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।सो राति विराटनगर महानगरपालिका वडा नं. ९ स्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि हिन्दु समाज नेपालले विरोध र्‍याली आयोजना गरेको थियो। सुनसरीको घटनालाई लिएर निकालिएको उक्त र्‍यालीको क्रममा बजार पसलहरू बन्द गराउँदै उच्छृङ्खल गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं। ६ बस्ने २५ वर्षका जय नारायण पाण्डे र २१ वर्षका भुवनेश्वर पाण्डे छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर उनीहरूमाथि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

 

प्रकाशित: १६ साउन २०८३ ९:०३ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast