त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना,ट्रक चालकका काकाको मृत्यु

हिमाल प्रेस २० साउन २०८३ १०:४५ | Wednesday, August 5, 2026
12
SHARES
त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना,ट्रक चालकका काकाको मृत्यु

काठमाडौँ- मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बुधबार राति करिब २: ३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन् । दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: २० साउन २०८३ १०:४५ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast