काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्।
जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त मोर्चा गठन गर्न लागेका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम शनिबार दिउँसो १ बजे काठमाडौँको काठमाडौँ ब्यांक्वेट, थापागाउँमा आयोजना गरिनेछ।
मोर्चा घोषणा कार्यक्रममा यसको उद्देश्य, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे विस्तृत जानकारी सार्वजनिक गरिने सातै दलका नेताहरूले बताएका छन्।
प्रकाशित: २२ साउन २०८३ १३:३० | Friday, August 7, 2026
प्रतिक्रिया


