संसद्मा आज पनि प्रधानमन्त्रीको ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विरोध

हिमाल प्रेस १९ साउन २०८३ १३:२६ | Tuesday, August 4, 2026
14
SHARES
संसद्मा आज पनि प्रधानमन्त्रीको ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर विरोध

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने जवाफ दिएपछि विपक्षीहले उठेर विरोध गर्दै आइरहेका छन् । तर, हालसम्म न प्रधानमन्त्री शाहले त्यसबारे प्रष्टीकरण दिएका छन् न त त्यो अधिव्यक्ति रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन नै दिएका छन् ।

 

प्रकाशित: १९ साउन २०८३ १३:२६ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast