जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति भरूवा बन्दुकसहित पक्राउ

हिमाल प्रेस १७ साउन २०८३ ११:०९ | Sunday, August 2, 2026
22
SHARES
जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति भरूवा बन्दुकसहित पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन्। चितवनको राप्ती नगरपालिका ११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान सवा ३ बजे उनकै घरुबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्र भुसन यादवका अनुसार लामाको साथबाट प्रहरीले भरूवा बन्दुक समेत बरामद गरेको छ।

भदौ २४ गते उनी भरतपुर कारागारबाट भागेका थिए। त्यतिबेला एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएको थियो।

लामामाथि आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित: १७ साउन २०८३ ११:०९ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast