मकवानपुरमा पेस्तोल भेटियो, काठमाडौँबाट पेस्तोल लुकाउने पक्राउ परे

हिमाल प्रेस २६ साउन २०८३ ७:५१ | Tuesday, August 11, 2026
8
SHARES
मकवानपुरमा पेस्तोल भेटियो, काठमाडौँबाट पेस्तोल लुकाउने पक्राउ परे

काठमाडौँ- काठमाडौँमा पक्राउ परेका व्यक्तिमाथि सोधपुछ गर्दा मकवानपुरमा एउटा पेस्तोल फेला परेको छ। काठमाडौं महानगरपालिका ३१ मिनभवनबाट एक जना युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनी मकवानपुर बागमती गाउँपालिका ९ अगौटे घर भई चाबहिल बस्ने १९ वर्षीय टेकबहादुर सिङ्तान हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार सिङ्तानले पेस्तोल लुकाएर राखेको भन्ने सूचना प्राप्त भएको थियो।

त्यो सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले सिङ्तानलाई मिनभवनमा फेला पारी नियन्त्रणमा लिएको हो। उनीसँग सोधपुछ गर्नेक्रममा मकवानपुरमा पेस्तोल रहेको खुलेको हो। पेस्तोल आफ्नो घरमा लुकाएर राखेको बताए पछि इलाका प्रहरी कार्यालय फापरबारीसँग समन्वय गरिएको एसपी थापाले बताए।

अनुसन्धानको क्रममा उनको घरमा तलासी लिँदा प्रहरीले एउटा पेस्तोल बरामद गरेको हो। उनीमाथि हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २६ साउन २०८३ ७:५१ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast