काठमाडौँ- पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा आज बिहान बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा। प्र। ०३–००१ ख २७२८ नम्बरको बसले आज बिहान साढे २ बजेतिर नामथर नखुलेका अन्दाजी ३०-३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस चालक धादिङको नीलकण्ठ नगरपालिका १४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: २५ साउन २०८३ ७:५५ | Monday, August 10, 2026
प्रतिक्रिया


