टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

हिमाल प्रेस ८ भदौ २०८३ १९:४४ | Monday, August 24, 2026
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ- अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गराएको छ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

यसअघिका दुई खेलमा नेपाल ‘ए’ पराजित भएको थियो।

नेपालले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो।

एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे।

नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए। विपिन खत्रीले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए। तृत राज दासले १० रन जोडे।

प्रकाशित: ८ भदौ २०८३ १९:४४ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast