जमलमा लागेको आगो नेपाली सेनाको टोलीद्वारा नियन्त्रण

हिमाल प्रेस २४ साउन २०८३ ११:२९ | Sunday, August 9, 2026
2
SHARE
जमलमा लागेको आगो नेपाली सेनाको टोलीद्वारा नियन्त्रण

काठमाडौँ- काठमाडौँ महानगरपालिका-२७, जमलस्थित स्थानीयको एक घरमा लागेको आगलागी नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ।

शनिबार जमलस्थित स्थानीयको घरमा आगलागी भएपछि नेपाली सेनाको रणभैरब गणबाट टोली खटिएको थियो। उक्त टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा आगलागी नियन्त्रणमा लिएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीको समन्वयमा तत्काल उद्धार तथा नियन्त्रणको प्रयास गरिएको थियो। संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको निर्देशनालयले जनाएको छ।

आगलागीबाट भएको क्षति तथा घटनाको विस्तृत विवरण भने खुलाइएको छैन।

प्रकाशित: २४ साउन २०८३ ११:२९ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast