नेकपाका सांसदले भने : ग्यास अभाव प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ, किनकि उहाँ गुप्तवासमा हुनुहुन्छ

हिमाल प्रेस २६ साउन २०८३ १४:०८ | Tuesday, August 11, 2026
8
SHARES
नेकपाका सांसदले भने : ग्यास अभाव प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ, किनकि उहाँ गुप्तवासमा हुनुहुन्छ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ गुप्तवासमा भएको टिप्पणी गरेका छन्। ‘अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ’ सांसद शर्माले प्रतिनिधिसभाको बैठकमा भने ।

सरकारले ग्यासको विकल्पको रुपमा विजुलीको प्रयोगलाई प्रोत्साहन गर्न सकिने पनि उनले बताए। संसद्‌‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण आउन नसकेको भनेर उनले सभामुखको ध्यानाकर्षण गरे। प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउन पनि उनले सभामुखसँग आग्रह गरे।

अनि सांसद शर्माले प्रधानमन्त्रीलाई गुप्तवासबाट बाहिर निस्कन आग्रह गरे।

प्रकाशित: २६ साउन २०८३ १४:०८ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast