नागढुंगा-मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस १ भदौ २०८३ ७:५८ | Monday, August 17, 2026
12
SHARES
नागढुंगा-मुग्लिन सडक अवरुद्ध पहिरोका कारण सडक अवरुद्ध भएपछि शनिबार बिहान चितवनको इच्छाकामना-४ कुरिनटारमा रोकिएका सवारी। तस्बिर : रासस

काठमाडौँ- नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ।

 

प्रकाशित: १ भदौ २०८३ ७:५८ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast