बालेनले मध्यरातमा स्टाटस लेखेपछि महेश बस्नेतको भने : सत्ता त्याग्न दबाब बढ्यो

हिमाल प्रेस २३ साउन २०८३ १२:२७ | Saturday, August 8, 2026
20
SHARES
बालेनले मध्यरातमा स्टाटस लेखेपछि महेश बस्नेतको भने : सत्ता त्याग्न दबाब बढ्यो

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आफ्नै पार्टीबाट सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको अनुमान गरेका छन्।

आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले ‘सरकार चलाउने ढंग नभएको’ भनेर प्रतिनिधिसभा बैठकमा आलोचना गरेको दिन शुक्रबार राति बालेनले भावुक स्टाटस लेखेपछि एमाले सचिव बस्नेतले प्रधानमन्त्री एक्लिएको अड्कल काटेका हुन्।

यसमा टिप्पणी गर्दै शनिबार बिहान एमाले सचिव बस्नेतले फेसबुकमा ‘दुःख पायो मंगले, आफ्नै ढंगले’ शीर्षकमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन : मध्यरातमा आएको बालेनजीको यो स्टाटस पढ्दा लाग्छ, उनीमाथि सत्ता त्यागको लागि व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ।’

तर राजनीति भावनात्मक स्टाटसले होइन, काम र परिणामले आफूलाई सही प्रमाणित गर्ने ठाउँ भएको टिप्पणी एमाले सचिव बस्नेतले गरेका छन्।

‘जनताले अब सही समय आउँछ भन्ने आश्वासन होइन, आफूले भोगिरहेको समस्या समाधान भएको र जीवनमा वास्तविक उन्नति तथा प्रगति भएको देख्न चाहन्छन्’, उनले लेखेका छन्, ‘एक्लै लडेको दाबी गर्नुअघि चुनावमा पाएको जनमत र जनताको विश्वास बिर्सन मिल्दैन। जनताले साथ दिएर सत्तामा पुर्‍याएका हुन् भने जनताको प्रश्न र आलोचनाबाट भाग्न पनि मिल्दैन।’

एमाले सचिव बस्नेतले अगाडि लेखेका छन्, ‘समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन्। गल्ती सच्याउने र जवाफ दिने समय पनि यही हो। अन्ततः स्टाटसले होइन, इतिहासले फैसला गर्नेछ, को सही थियो, को गलत थियो।’

प्रकाशित: २३ साउन २०८३ १२:२७ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast