गौहत्या र गाईको मासु बिक्रीविरुद्ध ‘जय नेपाल पार्टी’ले थाल्यो अभियान

हिमाल प्रेस ९ भदौ २०८३ ८:४९ | Tuesday, August 25, 2026
गौहत्या र गाईको मासु बिक्रीविरुद्ध ‘जय नेपाल पार्टी’ले थाल्यो अभियान

काठमाडौँ- धवलशमशेर राणा नेतृत्वको नवगठित जय नेपाल पार्टीले नेपालमा गौहत्या रोक्न र होटल तथा रेस्टुरेन्टहरूमा बीफ (गाईको मासु) को बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान सुरु गरेको छ। पार्टीले गाई नेपालको राष्ट्रिय जनावर भएको स्मरण गराउँदै यसको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको जय नेपालका नेता सगुनसुन्दर लावतीले जनाएका छन्।

‘से नो टू काउ स्लटर’ अर्थात ‘गौहत्यालाई नाइँ भनौँ’ भन्ने मुख्य नाराका साथ सुरु गरिएको यस अभियानबाट होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई बीफ बिक्री नगर्न विशेष आग्रह गरिएको सभापति डा धवलशमशेर राणाले बताए। नेपालको धार्मिक, सांस्कृतिक र कानुनी मान्यता अनुरूप राष्ट्रिय जनावरको संरक्षण हुनु अनिवार्य रहेको उनको भनाइ छ । जय नेपाल पार्टीले गौवंशको सुरक्षाका लागि कडा कदम चाल्न सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षणसमेत गराएको छ।

गत भाद्र ४ गते काठमाडौंमा सम्पन्न जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय जनावर गाईको सुरक्षा र सम्मानका लागि अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: ९ भदौ २०८३ ८:४९ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast