चुनावअघि नै विदेशिएका देउवा आज नेपाल आइपुग्दै, आरजु नआउने

हिमाल प्रेस २८ साउन २०८३ ६:५७ | Thursday, August 13, 2026
10
SHARES
चुनावअघि नै विदेशिएका देउवा आज नेपाल आइपुग्दै, आरजु नआउने

काठमाडौँ-  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। कांग्रेसका नेता मीन विश्वकर्माका अनुसार देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारका लागि सिंगापुर गएका थिए।  शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गरेका थिए।

पार्टीका कार्यकर्ताहरूले उनलाई त्रिभुवन विमानस्थलबाटै स्वागत गर्नेछन्। विशेषत: देउवा निकट नेताहरूले विमानस्थलबाटै उनलाई भब्य स्वागत गर्दै निवास पुर्‍याउने छन्। उनीसँगै विदेशिएकी पूर्वपरराष्ट्रमन्त्री एवं देउवा पत्नी आरजु राणा भने अहिले नफर्किने भएकी छन्। देउवा निकट नेताहरूका अनुसार उनी केही समयपछि मात्रै नेपाल फर्किँने छिन्।

प्रकाशित: २८ साउन २०८३ ६:५७ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast