दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि नेपाल आउने

हिमाल प्रेस १९ साउन २०८३ १५:१४ | Tuesday, August 4, 2026
14
SHARES
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पशुपतिनाथ दर्शनका लागि नेपाल आउने

काठमाडौँ- भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पशुपतिनाथको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेकी छन्।

पाल्पा निर्वाचन क्षेत्र नं. १ का सांसद सन्दीप रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू छिट्टै पशुपतिनाथको पूजा, आराधना तथा दर्शनका लागि नेपाल आउने जानकारी दिइन्।

पशुपतिनाथका कारण नेपाल र भारतबीच सदियौँदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको उनले बताइन्।

भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य तथा नेपाल-भारत सम्बन्ध विस्तारका विषयमा छलफल भएको सांसद रानाले जानकारी दिए।

भारतस्थित नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन गएको अवसरमा सांसद रानाको नेतृत्वमा रहेको टोलीले मुख्यमन्त्री गुप्तासँग भेट गरेको हो।

भेटमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेतृ सुनिता कुँवर तथा युवा नेता सुशान्त आचार्य र जीवन तिवारीलगायत सहभागी थिए।

प्रकाशित: १९ साउन २०८३ १५:१४ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast