प्रधानसेनापति सिग्देलद्वारा प्राविधिक सहायक रथी पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान

हिमाल प्रेस ३ भदौ २०८३ १३:२८ | Wednesday, August 19, 2026
14
SHARES
प्रधानसेनापति सिग्देलद्वारा प्राविधिक सहायक रथी पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ०८३ साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी पहाडीलाई बुधबार (भदौ ३ गते) जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा प्रधानसेनापतिले प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा.इन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो। पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको पनि कार्यक्रममा उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ३ भदौ २०८३ १३:२८ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast