भोटेकोशी बाढी अपडेट : मृतक ७३४ पुगे, सम्पर्कविहीन २४९८

हिमाल प्रेस १४ भदौ २०८३ ९:३७ | Sunday, August 30, 2026
भोटेकोशी बाढी अपडेट : मृतक ७३४ पुगे, सम्पर्कविहीन २४९८ सिन्हवाले प्रसारण गरेको भिडियोबाट लिइएको स्क्रिनसट तस्बिर।

काठमाडौँ- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७३४ जनाको शव भेटिएको हो। रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ शव भेटिएका छन्।

२ हजार ४९८ जना हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ। नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना,  सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना,  अध्यागमन कार्यालयका ४ जना बेपत्ता भएका छन्।  उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ७,२९३ जना,
नेपाल सेनाका ८,३९९ जना, सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना परिचालन भएका छन्।

 

प्रकाशित: १४ भदौ २०८३ ९:३७ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast