काठमाडौँ- रसुवाबाट आएको बाढी धादिङको मेलुख पुगेको छ। नेपाल बाढी सूचनामा दिएको जानकारी अनुसार बिहान ९ बजेपछि आएको भोटेकोशी बाढी अहिले त्रिशूली नदीबाट मलेखु पुगेको हो। बाढी सूचनाका अनुसार अबको आधा घण्टामा मलेखु पुग्नेछ।
‘रसुवा भोटेकोसीमा आएको बाढी हाल मलेखु बजार आसपास पुगेको अबको करिब आधा घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन, नारायणघाट लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’
भोटेकोशी नदी गोसाइँकुण्डबाट उत्पत्ति हुने घट्टेखोलासँग धुन्चे नजिक मिसिएर त्रिशूली नदी बन्छ। त्रिशूली नारायणी नदीको प्रमुख सहायक नदीमध्ये एक हो। भारत प्रवेश गरेपछि यसलाई गण्डक नदीका रूपमा चिनिन्छ।
प्रकाशित: १० भदौ २०८३ १२:३६ | Wednesday, August 26, 2026
प्रतिक्रिया


