स्कुल बालबालिका बाढीमा फसेकाले उद्धार गर्न बेत्रावतीका स्थानीयको आग्रह

हिमाल प्रेस १५ भदौ २०८३ १५:२२ | Monday, August 31, 2026
स्कुल बालबालिका बाढीमा फसेकाले उद्धार गर्न बेत्रावतीका स्थानीयको आग्रह

काठमाडौँ- रसुवा बाढीका कारण पूर्णरूपमा क्षति भएको बेत्रावतीका स्थानीयहरूले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन्।

बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भए पनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरूले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन्।

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ कैदेलेटारका स्थानीय विक्रम थापा मगरले बाढीका कारण पहिरेबेँसी, कैदेलेटार र बेत्रावती आसपासका करिब २०० घरहरू बाढीका कारण पूर्णरूपमा बगेर  बगरमा परिणत भएको बताए।

उनले विद्यालय जान बसमा पठाइएका अधिकांश बालकालिकाहरू बाढीमा फसेकाले तत्काल गम्भीर भएर खोजी कार्यमा लाग्न आग्रह गरे।

उनले यस्तो ठूलो विपद् र आपतको समयमा पनि प्रभावित रसुवाबासी जनतालाई राज्यले उपेक्षित गरेको गुनासो गरे।

प्रकाशित: १५ भदौ २०८३ १५:२२ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast