गृहमन्त्रीले घटनामा दोषीलाई कारबाही गरिने विश्वास दिलाएपछि सिरहमा पीडितसँग सम्भव भयो सहमति

हिमाल प्रेस १६ साउन २०८३ ७:४३ | Saturday, August 1, 2026
2
SHARE
गृहमन्त्रीले घटनामा दोषीलाई कारबाही गरिने विश्वास दिलाएपछि सिरहमा पीडितसँग सम्भव भयो सहमति

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन्।

लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए।

मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए।

मृतकका परिवारले राखेका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए।

यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए।

गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दैे गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए।

सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो। रासस

प्रकाशित: १६ साउन २०८३ ७:४३ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast