युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा युवती समेत पक्राउ

हिमाल प्रेस २० साउन २०८३ ८:३४ | Wednesday, August 5, 2026
10
SHARES
युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा युवती समेत पक्राउ

काठमाडौँ- मोरङको लेटाङस्थित एक रिसोर्टमा युवतीलाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको समाचार शाखाका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका वडा नं ८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका वडा नं १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन्। सोनुमा नामकी युवतीले ती पीडितलाई रिसोर्ट पुर्‍याएको खुलेको छ।

त्यहाँ पीडितलाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धम्कीसमेत दिएर डम्बरबहादुर खतिवडाले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

 

 

प्रकाशित: २० साउन २०८३ ८:३४ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast