लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना बेपत्ता

हिमाल प्रेस १० भदौ २०८३ १५:३४ | Wednesday, August 26, 2026
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना बेपत्ता रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्।

लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गरेका छन्।

‘आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो। सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन भइरहनुभएको छ। त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु’, उनले भने, ‘बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पु¥याएको छ ।’ उनले नदीसतहभन्दा १० मिटरमाथि रहेको सुरुङमा समेत असर पारेको बताए। रासस

प्रकाशित: १० भदौ २०८३ १५:३४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast