प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- काठमाडौँ महानगरपालिका १६ वनस्थलीमा नगद तथा मोबाइल लुटपाट गर्ने ४ जना पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास वनस्थली एरियामा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्नलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नयाँबसपार्क स्थित एक गेष्ट हाउसबाट मोबाइल थान ७, ५७ हजार ९६ रुपैयाँ, ताल्चा थान १ र हेक्साँ ब्लेड थान १ सहित पक्राउ परेका हुन्।
जिल्ला अदालत काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामा उदयपुर, उदयपुरगढी गाउँपालिका ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने वर्ष ३१ को चुरन मगर, तनहुँ, सुक्लागण्डकी नगरपालिका ५ घर भई हाल काठमाडौं, काठमाडौं महानगरपालिका २६ गोंगबु बस्ने वर्ष ३३ को राजकुमार गुरुङ, महोत्तरी, बर्दिवास नगरपालिका ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने वर्ष ३३ को प्रशान्त जंग शाही र जिल्ला रामेछाप, रामेछाप नगरपालिका ५ घर हुने वर्ष ३१ को बिजय बाबु घिसिङ पक्राउ परेका हुन्।


