प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- गत साउन ३ मा काठमाडौं महानगपालिका २६ मित्रनगर स्थित होटल माउण्टेन एल्सिभामा मृत भेटिएकी महिलाको घटनामा स्रलग्न भएको आरोपमा २ युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न मानिसहरूको खोजतलास गर्ने क्रममा साउन ३ मै जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जिल्ला जुम्ला, चन्दननाथ गाउपालिका १ घर भइ जिल्ला बाकेँ नेपालगन्ज उपमहानगरपालिका बस्ने वर्ष २० को दानबहादुर शाही र साउन ४ गते जिल्ला दैलेख, डुड्गेश्वर गाउँपालिका ६ भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३ महाराजगंञ्ज बस्ने रमेश बुढालाई पक्राउ गरेको छ।
गत साउन ३ मा बसपार्कको होटलमा महिला मृत फेला परेकी थिइन्। प्रहरीले घटना घटेलगत्तै अनुसन्धान थालेको थियो।
प्रकाशित: ५ साउन २०८३ १३:४५ | Tuesday, July 21, 2026
प्रतिक्रिया

