प्रधानमन्त्री र रास्वपा सभापति संसद्‌ छिर्दा किन एमालेले जनायो नियमापत्ति?

हिमाल प्रेस ३० असार २०८३ १४:०५ | Tuesday, July 14, 2026
10
SHARES
प्रधानमन्त्री र रास्वपा सभापति संसद्‌ छिर्दा किन एमालेले जनायो नियमापत्ति?

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक चलिरहेको बेला प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसद्‌मा प्रवेश गर्दाको विषयलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति गरेका छन्।

महरले भने, ‘प्रतिनिधि सभा नियमावली नियम २० को खण्ड ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरिएको छ। तर विडम्बना, माननीय खुस्बु ओली बोल्दै हुनुहुन्थ्यो, सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लंघन गरेर हिँड्नु भएकोले यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गराउन चाहन्छु र रुलिङको माग गर्दछु।’

प्रकाशित: ३० असार २०८३ १४:०५ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast