कहाँ कहाँ पर्छ पानी?

हिमाल प्रेस ११ साउन २०८३ ६:३१ | Monday, July 27, 2026
14
SHARES
कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

यतिबेला देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशको हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहनेछ।

आज देशका हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ११ साउन २०८३ ६:३१ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast