उदयपुर गोली र झडप प्रकरण : मोरङमा डिजे बजाउन निषेध

हिमाल प्रेस १२ साउन २०८३ १२:२८ | Tuesday, July 28, 2026
6
SHARES
उदयपुर गोली र झडप प्रकरण : मोरङमा डिजे बजाउन निषेध

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन निषेध गरेको छ।

सहायक प्रमुख जिला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि मोरङ जिल्लाभर कुनै पनि स्थानमा डिजेको प्रयोग नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।

प्रशासनको यो निर्देशन विपरीत कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्ण जिल्लावासीहरूलाई जानकारी गराइएको छ। यसअघि चर्को आवाजमा डिजे बजाएका कारण उदयपुरमा दुई समूहबीच झडप भएको थियो। झडपमा प्रहरीको गोलीबाट एकजनाको निधन भयो।

अहिलेसम्म पनि सोही ठाउँको अवस्था सामान्य बनेको छैन। हिन्दु र मुस्लिमबीचको घटना भन्दै देशका विभिन्न स्थानमा पनि अहिले प्रदर्शन भइरहेको छ। यही कारण प्रशासनले घटनालाई सामान्य बनाउन डिजे नबजाउन अनुरोध गरेको हो।

 

प्रकाशित: १२ साउन २०८३ १२:२८ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast